Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

पशुपतिनाथमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको अख्तियारको ठहर, ३ जनाविरुद्ध मुद्दा दायर


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गरेको छ ।

ADVERTISEMENT

जलहरी निर्माणका क्रममा अनियमितता भएको भन्दै अख्तियारले कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकाल, तत्कालीन कोषाध्यक्ष एवं हालका सदस्यसचिव डा. मिलन थापा र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । ।

ADVERTISEMENT

आयोगले पुशपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा १ किलो ४ सय ९१ ग्राम सुन हिनामिना भएको निष्कर्ष निकालेको छ ।

उनीहरूविरुद्ध १ करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ बिगो दाबी गरिएको छ । पशुपतिमा चढाइएको सुनको जलहरी सम्बन्धमा अख्तियारले तौल नापजाँच गरेर अनुसन्धान गरेको थियो ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८० अशोज १४, १६ :३५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट