Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

६० किलो सुन बरामद प्रकरण: थप ४ जना चिनियाँ नागरिक पक्राउ


प्रहरीले तस्करीको सुन प्रकरण अभियोगमा थप चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । गत साउन ३ गते काठमाडौंको सिनामंगलबा बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा मुछिएको आशंकामा थप ४ जना पक्राउ परेका हुन् ।

ADVERTISEMENT

सीआइबी स्रोतका अनुसार आज पक्राउ पर्नेमा चिनियाँ नागरिकहरु तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काई पक्राउ परेका हुन् ।

ADVERTISEMENT

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट भन्सार पास भएर बाहिरिएको सुन ३ गते राजस्वको टोलीले सिनामंगलबाट बरामद गरेको थियो । स्कुटरको ब्रेक-शु भित्र राखेर ल्याईएको सुन ब्रेक-शुसहित १५५ किलो रहेकोमा मंगलबार टक्सार विभागमा नापजँच गर्दा ६० किलो ७१६ ग्राम मात्रै भएको बताइएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० साउन ३१, १७ :२३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट