Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

हेटौंडा सडक विस्तारको पक्षमा हेटौंडा उपमहानगरपालिका, सर्वसम्मत निर्णय


हेटौंडा सडक विस्तारमा हेटौंडा उपमहानगरपालिकाले समर्थन जनाएको छ । हेटौंडाको मुख्य राजमार्गमा पर्ने सडक भत्काउन संघिय सरकार मातहत रहेको सडक डिभिजन कार्यालय हेटौंडाले केहीदिन अघि ३५ दिने सुचना निकालेको थियो ।

ADVERTISEMENT

यसै बीच आज हेटौंडा उपमहानगरपालिकाले सडक विस्तार कार्यलाई समर्थन गर्ने सर्वसम्मत निर्णय गरेको छ । शनिबार आज बसेको हेटौंडा उपमहानगरपालिकाको १३ औं नगरसभाको दोस्रो वैठकमा सहभागी सम्पूर्ण जनप्रतिनिधिले सडक विस्तार गर्नुपर्ने पक्षमा सर्वसम्मत निर्णय गरेका हुन् ।

ADVERTISEMENT

सडक डिभिजन हेटौंडाले सुचना जारी गर्दै राष्ट्रिय राजमार्गका अतिक्रमण गरी बनाईएका संरचना ३५ दिन भित्र हटाउन भनेको छ । जारी सुचनामा ७५/७५ फिट सिमा भित्र परेका संरचना हटाउन भनिएको छ ।

यसअघि हेटौंडाबजार भत्काउन सुरु गरेपछी यहाँका केहि घरधनीले अदालतमा रिट दायर गरेपछी अदालतले स्टे अर्डर दिएको थियो। २५ मिटर सडक विस्तारकै मुद्धामा सर्वोच्च अदालतले २५/२५ गज भत्काउन मिल्ने र त्यस भन्दा बढी भत्काउन परे क्षतिपुर्ति दिनुपर्ने भनि उत्प्रेषण आदेश दिएको थियो ।

ADVERTISEMENT

अदालतकै आदेशलाई टेकेर सडक कार्यालयले २५/२५ गज भत्काउने तयारी गरेको छ । २५ गज भन्नाले २२ दशमलब ८६ हुन्छ ।

“सम्मानित सर्वोच्च अदालतको मिति २०७८-०९-१९ को उत्प्रेषण आदेशमासमेत उक्त खण्डको सडकसिमा केन्द्रबाट २५/२५ गज (७५/७५ फिट) कायम भएको उल्लेख भएको हुँदा उक्त क्षेत्रभित्र बनेका स्थायी/अस्थाई घर-टहरा तथा अन्य संरचना भत्काउन यस अगाडी विभिन्न मितिमा सुचना जारी हुँदापनि नहटाएकाले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सडकसिमा भित्र पर्ने सम्पूर्ण संरचना हटाउन अनुरोध छ”, सडक कार्यालयको सुचनामा भनिएको छ ।

३५ दिनभित्र सडकसिमा अतिक्रमण गरि बनाइएका संरचना नहटाएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार सडक डिभिजन कार्यालयले नै भत्काउने र सो बापतको लाग्ने खर्च सम्बन्धित घरधनीबाटै असुल उपर गर्ने सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ ।

 


प्रकाशित मिति : शनिबार, २०८० असार १६, १६ :५४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट