Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

मकवानपुरमा १५ प्रतिशत मात्र धान रोपाइँ, बागमतीमा प्रदेशभर जम्मा २२ प्रतिशत


बागमती प्रदेशमा हालसम्म २२ प्रतिशत मात्र धान रोपाइँ कार्य सकिएको बागमती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेटौँडाले जनाएको छ ।

ADVERTISEMENT

भौगौलिक विकटता र सिँचाइको अभाव रहेका जिल्लामा पर्याप्त मात्रामा पानि नपरेकाले यसपाली धानखेति हुन नसकेको कृषि विकास निर्देशनालयका प्रमुख तेज प्रसाद दवाडीले बताए ।

ADVERTISEMENT

प्रदेशमा धानखेतीका लागि आकाशको पानीका भरमा खेती गर्नुपर्ने, खोलाको मूलबाट सिचाई गर्नुपर्ने भएकाले धान खेतीमा समस्या रहेको बताइएको छ ।

बागमती प्रदेशको १३ जिल्लामा कूल एक लाख २० हजार पाँच सय हेक्टर जमिनमा धानखेती हुँदै आएको छ । तर अहिलेसम्म बागमती प्रदेशको चितवनमा २० प्रतिशत, मकवानपुरमा १५, धादिंगमा १७, काभ्रेमामा ३५, सिन्धुपाल्चोकमा ३२ प्रतिशत र अन्य जिल्लामा पनि निकै कममात्रामा रोपाइँ सकिएको बताइएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० असार १५, १८ :२६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट