Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

औषधी ब्यवसायी संघ मकवानपुरको निशुल्क स्वास्थ्य शिविर


नेपाल औषधी ब्यवसायी संघ मकवानपुरले मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ डुम्रेकुनामा निशुल्क स्वास्थ्य शिविर गरेको छ ।

ADVERTISEMENT

संघको ५० औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको शिविरमा २ सय १६ जनाले स्वास्थ्य परिक्षण गराएको कार्यक्रम संयोजक भरतबहादुर कार्कीले जानकारी दिनुभयो ।

ADVERTISEMENT

शिविरमा जेनरल फिजिसियन डा.रामचन्द्र न्यौपाने , डा.घनश्याम प्रसाद शाह , स्त्रीरोग बिशेषज्ञ डा. ज्योति मुडभरी , हाडजोर्नि बिशेषज्ञ डा.आशुतोस दास लगायतले चेकजाँच गरेका थिए ।

शिविरमा निशुल्क ल्याब परिक्षण, औषधि वितरण समेत गरिएको संयोजक कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा संघका अध्यक्ष नारायण लाल श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८० असार १०, २० :०९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट