Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

राक्सिराङको बजेट सार्वजनिक- बसाई सरी आउनेलाई घर उपहार


मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ५७ करोड ८८ लाख ९७ हजार १ सय ९७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिबार भएको गाउँसभाको १४ ओैं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले आगामी वर्षको आम्दानी र खर्चको अनुमान गाउँसभामा पेश गरेका हुन् ।चालुु वर्षको तुलनामा आगामी वर्षको बजेट करिब १० करोड रुपैयाँ कम हो । चालू वर्षमा ६६ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिएको गाउँपालिकाले संघीय र प्रदेशबाट प्राप्त हुने अनुदानमा कटौती भएपछि आगामी वर्षको बजेट करिब १० करोडले घटाएको हो ।

ADVERTISEMENT

गाउँपालिकाले आगामी आवमा पुँजीगततर्फ २४ करोड ५३ लाख ६५ हजार र चालुतर्फ ३५ करोड ४१ लाख ६० हजार रुपैयाँ छुट्याएको छ । गाउँपालिकाले सामाजिक विकासतर्फ २२ करोड ६७ लाख ७८ हजार रुपैयाँ विनियोजन गरेको छ । शिक्षातर्फ १५ करोड ७२ लाख रुपैयाँ छुट्याइएको छ भने सडक, पुल तथा झोलु·े पुलको लागि ४ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।भवन तथा सहरी विकासतर्फ १ करोड ३० लाख विनियोजन गरिएको छ भने खानेपानीतर्फ १ करोड ६० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको छ ।

ADVERTISEMENT

स्वास्थ्यतर्फ ४ करोड ७० लाख रुपैयाँ छुट्याएको गाउँपालिकाले कृषितर्फ १ करोड ७२ लाख रुपैयाँ विनियोजन गरेको छ । पूर्वाधार विकासतर्फ ७ करोड ९० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको छ । विपद व्यवस्थापनतर्फ ४० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले उद्योग, रोजगारी पवद्र्धन तथा गरिबी निवारणका लागि २५ लाख रुपैयाँ विनियोजन गरेको छ । सञ्चार तथा सूचनातर्फ ३३ लाख रुपैयाँ छुट्याइएको छ ।

महिला बालबालिका, ज्येष्ठ नागरिक, अपा·, दलित र पिछडिएका वर्गको उत्थान र प्रवर्धनात्मक कार्यक्रमको लागि गाउँपालिकाले कुल २८ लाख रुपैयाँ छुट्याएको छ । खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ५ करोड ४ लाख ९५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । संघीय सरकारबाट जम्मा ४२ करोड ५९ लाख ७० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने प्रदेश सरकारबाट ७ करोड ७९ लाख ३२ हजार रुपैयाँ आम्दानी हुने लक्ष्य राखिएको छ । स्थानीय राजस्व संकलनबाट २ करोड ४५ लाख रुपैयाँ आम्दानी हुने लक्ष्य राखिएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा गाउँसभाको बैठक भएको हो ।

ADVERTISEMENT

बसाइसराइ आउनेलाई घर उपहार

राक्सिराङ गाउँपालिका भित्र बसाई सरी आउनेले आगामी वर्षबाट घर उपहार पाउने भएका छन् । दूर्गम भेगबाट बसाई सरी सुगम भेगतर्फ जाने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले अन्यत्रबाट बसाई सरी आउनेलाई घर उपहार दिने योजना गाउँपालिकाले बनाएको हो ।अन्यत्रबाट गाउँपालिकाभित्र बसाई सरी आउन आकर्षित गर्न ‘सुन्दर समाज हाम्रो सार, बसाई सरी आउनेलाई घर उपहार’ कार्यक्रम सञ्चालन गरिनेछ । शनिबारको गाउँसभामा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । घर कस्तो प्रकारको हुने र कति लागतको हुने भन्ने कुरा गाउँपालिकाले बनाउने कार्यविधिमा निर्भर हुनेछ ।

समुदायमा आधारित समूहको दीगो व्यवस्थापनमा एक घर एक धारा कार्यक्रमलाई थप बस्तीहरुमा विस्तार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाको बजारोन्मुख बस्तीहरु पलाँसे, चैनपुर, राक्सिराङ, अठारे, चौकीटार र सिलि·ेमा व्यवस्थित बस्ती विकास र नक्सापाससहितको पक्की भवन निर्माण गर्न सहरी विकास तथा एकीकृत बस्ती विकास मापदण्ड कार्यान्वयन गरिने नीति पनि गाउँपालिकाले लिएको छ ।

दूर्गम वडाहरुमा विद्युतीकरण, काठेपोल विस्थापन कार्यलाई पनि प्राथमिकता दिइएको छ । सडक गुरुयोजना पुनरावलोकन मार्फत् सडकको राइट अफ वे निर्धारण गर्दै स्थानीय सडक सञ्चालन प्रणालीलाई व्यवस्थित र नियमित गरी विभिन्न रुटमा चल्ने सार्वजनिक सवारी साधनको भाडा निर्धारण गर्न विशेष पहल गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।गाउँपालिका केन्द्रमा स्थापित आधारभूत अस्पताललाई सुविधा सम्पन्न बनाई वडाहरुबाट अस्पतालसम्म निशुल्क बस सेवा सञ्चालन गरिने पनि योजना बनाइएको छ । स्थानीय रोजगार योजना तजुमा गरी बेरोजगार जनशक्तिको पहिचान, सीप विकास बिधि र संस्थागत सुदृढीकरणको लागि काम थाल्ने नीति पनि लिइएको छ ।


प्रकाशित मिति : आइतवार, २०८० असार १०, १२ :२० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट