लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्कको रक्तदान कार्यक्रम- ३१ जनाले रक्तदान
हेटौंडा-लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्कको आयोजनामा टिभिएस सोरुम हेटौंडामा भएको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् । लायन्सको नियमित कार्यक्रम अन्तरगत आयोजना गरिएको रक्तदान कार्यक्रममा ४ महिला र २७ जना पुरुषले रक्तदान गरेको कार्यक्रम संयोजक प्रबेशराज बरुवालले बताए ।
लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्क्का अध्यक्ष बाबुराज ढकालको अध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा इलेक्ट फर्स्ट भाईस डिस्ट्रीक्ट गभर्नर टासी डोल्मा तुम्बाहाम्फे, पास्ट डिस्ट्रीक्ट गभर्नर शम्भु नकर्मीको विशेष आतिथ्यता रहेको थियो ।
साथै नोमिनेट एरिया चिफ जेपी यादब, नोमिनेट एरिया सेक्रेटरी कबिता श्रेष्ठ, रिजन पर्सन आशिका श्रेस्ठ, क्लबका संस्थापक अध्यक्ष तथा नोमिनेट जोन चियरपर्सन प्रबिन मैनाली, नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति सदस्य राजकुमार के.सी. नेपाल समाजबादी पार्टी मकवानपुर इन्चार्ज राजेन्द्र सिम्खडा, नेपाल प्रेस युनियनका निबर्तमान अध्यक्ष कुमार अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य उज्ज्वल अधिकारीलगायत उपस्थिति रहेको थियो ।
क्लबका सचिब हरिहर खतिवडाले संचालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक बरुवालले स्वागत गरेका थिए । कार्यक्रममा क्लबका कार्यसमिति पदाधिकारी साथै बिभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका रक्तसञ्चार केन्द्रका प्राबिधिकले प्राबिधिक सहयोग गरेका थिए ।
प्रकाशित मिति : आइतवार, २०८० असार १०, १२ :१६ बजे





















प्रतिक्रिया