Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

बागमतीको बजेट आज सार्वजनिक हुँदै


बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट शुक्रवार दिउँसो ३ बजे सार्वजनिक हुँदैछ ।

ADVERTISEMENT

प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले प्रस्तुत गर्ने कार्यसूची छ।
बजेट प्रस्तुतका लागि सबै तयारी पूरा भएको प्रदेश सरकारले जनाएको छ।

ADVERTISEMENT

मन्त्री लामाले आर्थिक वर्ष २०८०/०८१ को राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गर्ने गरी प्रदेशसभा बैठकको सम्भावित कार्यसूची तय भएको छ।

प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ विनियोजन गरेको थियो। तर आगामी आवको बजेटको आकार चालु आवको भन्दा घट्ने देखिएको छ। स्रोतका अनुसार यसपाली प्रदेश सरकारले बजेटको आकार घटाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० असार १, १० :५४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट