Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई काङ्ग्रेसले निलम्बन नगर्नु गलत- केन्द्रिय सदस्य शिवाकोटी


नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजयबाबू शिवाकोटीले नक्कली भुटानी शणनार्थी प्रकरणमामा मुछिएकालाई निलम्बन नगर्नुले काङ्ग्रेसलाई कमजोर बनाएको बताएका छन् ।

ADVERTISEMENT

नेपाल प्रेस युनियन मकवानपुरको आयोजनामा मकवानपुरको दामनमा भएको कार्ययोजना निर्माण कार्यशाला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बिपि कोइराला जस्तो ब्यक्तिले बनाएको पार्टीमा भ्रष्टाचार जस्तो जघन्य कुरामा काङ्ग्रेसले निलम्बन सम्म नगर्नु दुखद रहेको उनले बताए ।

ADVERTISEMENT

उनले हाल नेपाली काङ्ग्रेसको नेतृत्वले जनअपेक्षा अनुरुप काम गर्न नखोजेको र गलत गर्दै दुधले चोख्निने काम गरिरहेको बताए । पछिल्लो समय काङ्ग्रेसले जनभावनाको विपक्षमा निर्णय गर्दै हिडेको बताउदै उनले रेशम चौधरीलाई आम माफीका लागी सिफारिस गर्नु काङ्ग्रेसले गलत गरेको उनले बताए ।

उनले पार्टी भित्रको हिजोको खराब प्रवित्ती नबदल्ने हो भने नागरिकले काङ्ग्रेसप्रतिको मन र मत बदल्दै जाने र नेपाली काङ्ग्रेस थप कमजोर बन्दै जाने धारणा राखे ।

ADVERTISEMENT

युनियन अध्यक्ष सुवास बिडारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियन पुर्व केन्द्रीय सदस्य माधव चम्लागाइ, केन्द्रिय सदस्री राजन दाहाल लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति : शुक्रबार, २०८० जेष्ठ १९, १९ :०७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट