Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

बागमती सरकार बिस्तार- छ मन्त्रीले लिए सपथ


बागमती प्रदेश सरकारले आइतबार मन्त्रिपरिषद् बिस्तार गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नव नियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराएका हुन् ।

ADVERTISEMENT

६ नव नियुक्त मन्त्रीहरुमा नेकपा एकीकृत समाजवादीबाट डा.राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय र लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

ADVERTISEMENT

त्यस्तै, नेपाली कांग्रेसबाट पुकार महर्जनलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, मसिना खड्कालाई वन तथा वातावरण, उत्तम जोशी स्वास्थ्य मन्त्रालय र विना विभागीय मन्त्रीको रुपमा रामकृष्ण चित्रकारलाई सपथ खुवाईएको हो ।

यस अघि माओवादी केन्द्रबाट मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार विकासमा युवराज दुलाल, सामाजिक विकासमा कुमारी मोक्तान, गंगानारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा लिइ सकेका छन् ।

ADVERTISEMENT

नेपाली कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रालयमा बहादुर सिं लामा, खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमा तीर्थ बहादुर लामाले मन्त्रालयको जिम्मेवारी लिइसकेका छन् ।


प्रकाशित मिति : आइतवार, २०८० जेष्ठ ७, १६ :१५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट