Techie IT
  • २७ फागुन २०८२, बुधबार
Hetauda Khabar
  • २७ फागुन २०८२, बुधबार

दुई करोड लगानीमा हेटौंडामा स्वदेशी ब्राण्डको ‘सुपरमार्केट’ सञ्चालनमा आउँदै


जमादार ग्रुपको परियोजना अनुसार हेटौंडामा स्वदेशी सुपरमार्केट सञ्चालनमा आउने भएको छ । हेटौंडा २ स्थित कान्तिराजपथ जमादार ट्रेडिङको भित्र स्वदेशी सुपरमार्केट सञ्चालनमा ल्याउन लागिएको हो ।

ADVERTISEMENT

मकवानपुर उद्योग वाणिजय संघका अध्यक्ष कृष्णकुमार अग्रवालका छोरा अमित अग्रवालले सञ्चालनमा ल्याउन लागेको सुपरमार्केटको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

ADVERTISEMENT

सुपरमार्केटको भोली बिहीबार प्रतिनिधिसभा सदस्य, नेपाली कांग्रेसका नेतृ डा. आरजु राणा देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा कलाकार वर्षा शिवाकोटी, केकी अधिकारी, हास्य कलाकार जितु नेपाल र मिस नेपाल २०१० सदिक्षा श्रेष्ठको सहभागिता रहने आयोजकले बताएको छ । करिब २ करोडको लगानी रहेको सुपरमार्केटमा स्वदेशी सामग्रीहरु पाइनेछ ।

‘स्वदेशी उत्पादनलाई प्रवर्धन गर्ने र स्थानीय उत्पादनलाई समर्थन गर्ने हाम्रो लक्ष्य हो’, सुपरमार्केटका निर्देशक अग्रवालले भने, ‘सुपरमार्केटमा खाद्यवस्तुदेखि कपडा, घरको सजावट र व्यक्तिगत हेरचाहको सामग्रीहरु सुपथ मूल्यमा पाउन सकिनेछ ।’ नेपाली उत्पादन र प्याक गरिएका उत्पादनको प्रवद्र्धनले थप आत्मनिर्भर र दिगो अर्थतन्त्र निर्माणमा सघाउ पुग्ने उनको विश्वास छ । नाफाको निश्चित प्रतिशत ट्रष्टलाई प्रदान गरिने बताइएको छ । ट्रष्टको घोषणा समेत सुपरमार्केटको उद्घाटनमै हुने निर्देशक अमित अग्रवालले बताए ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० बैशाख २७, १८ :४६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट