Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

बालकृष्ण खाणलाई पार्टीबाट तत्काल निलम्बन गरियोस्- कांग्रेस नेता शिवाकोटी


नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने बताएका छन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पूर्व गृहमन्त्री खाणलाई प्रहरीले आज बिहान पक्राउ गरेको थियो ।

ADVERTISEMENT

‘पक्राउ परेका बालकृष्ण खाणलाई पनि पार्टीले तत्काल निलम्बन गरोस्, भ्रष्टाचारको बोझ पार्टीले बोक्न हुन्न र सकिन्न। भ्रष्टाचारमा नेता, नाता, प्रभाव र दबाबको प्रतिकार गरौं,’ शिवाकोटीले सामाजिक संजालमा लेखेका छन् ।

ADVERTISEMENT

यस्तै उनले नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि फरार एमाले सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बन नगर्नु लज्जाको विषय भएको बताएका छन् ।  ‘फरार अभियुक्त टोपबहादुर रायमाझीको पक्षपोषण गर्दै आएको एमाले नेतृत्वले जनदबाब पछि ढिला गरेरै भएपनि पार्टीको पदबाट निलम्बित गर्यो, फरार अभियुक्त पार्टीको पदबाट निलम्बित हुने तर सांसद भने भइरहनु लज्जा हो ।’ उनले लेखेका छन्।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० बैशाख २७, १७ :१८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट