Techie IT
Hetauda Khabar

फ्लाइ दुबईको विमान काठमाडौंमा अवतरण भएन


काठमाडौंबाट दुबईका लागि उडेको जहाजको एउटा इञ्जिन फेल भएपनि काठमाडौंमा अवतरण गरेन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका छन् । तर, उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरेका छैनन् ।

स्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले फ्लाइ दुबईको जहाज सुरक्षितरुपमा आफ्नो गन्तव्यतर्फ जाँदै गरेको बताएका छन् । उता क्यानका प्रवक्ता ज्ञानेन्द्र भुलले पनि देब्रे इन्जिनमा आगो लागेको विमानको अवस्था सामान्य हुँदै गएको भन्दै गन्तव्यतर्फ गएकाे जानकारी दिएका छन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट