Techie IT
Hetauda Khabar

सबै सेवामा आम जनताको पहुच बढाउन गठबन्धनले जित्न आवश्यक- डिना


नेपाली कांग्रेसको केन्द्रिय सहमहामन्त्री एवम् मकवानपुर-१ बाट सत्तारुढ गठबन्धनको प्रतिनीधीसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले सबै सेवामा आम जनताको पहुच बढाउन सत्तारुढ गठबन्धनले जित्न आवश्यक रहेको बताएकी छन् ।

शुक्रबार नेपाल महिला संघ १५ नम्वर वडा कार्य समितीले आयोजना गरेको अगुवा महिला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले विगतदेखी नै हाल कायम रहेको सत्तारुढ गठबन्धनको दलहरु नेपालको राष्ट्रियता र लोकतन्त्र स्थापित गर्दै आम जनताको पहुँच शिक्षा,स्वास्थ्य लगायत सबै सेवा पुर्याउन लागि परिरहेको बताइन् । डिनाले नेपालको संविधानमा महिला,पिछडिएका वर्ग,दलित,जनजातीको हक अधिकार सुनिश्चित गर्न आफ्नो पनि भुमिका रहेको सुनाइन् ।

मकवानपुरको दुवै प्रतिनीधिसभा र प्रदेशसभामा गठबन्धनको जीत सुनिश्चित रहेको उनको भनाई छ । ‘मकवानपुरमा गठबन्धनको जीत सुनिश्चित छ’,उनले भनिन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
ट्याग : #आमनिर्वाचन, #डिना, #निर्वाचन, #प्रतिनिधिसभा, #हेटौंडा

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट