Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

हेटौंडा सडक विस्तारको मुद्धा आजपनि हेर्न नमिल्नेमा, पेसी सरेको सर्‍यै


पूर्व पश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा बजार क्षेत्रको २५ गज सडक विस्तारविरुद्धको मुद्धामा सर्वोच्च अदालतको पेशी पुनः सरेको छ । आज मंगलबार तोकिएको पेशी न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको थियो । तर मंगलबार पनि पेसी हेर्न नमिल्नेमा परेको छ ।

ADVERTISEMENT

गत असार ३१ मा सिता कार्कीसमेत ६ जनाले दायर गरेको सडक डिभिजन कार्यालय हेटौंडा मकवानपुर विरुद्धको उत्प्रेषण मुद्दामा भएको अल्पकालीन अन्तरिम आदेश, साउन ३ मा मनिष श्रेष्ठ, साउन ४ मा प्रमोद श्रेष्ठ, साउन ७ मा विजयलाल जोशी, भीमसेन श्रेष्ठ, साउन १० मा धर्मकृष्ण श्रेष्ठ, उत्तम शर्मा ढकाल, केशव श्रेष्ठ, रिनाकुमारी दास, साउन ११ मा बलदिपकुमार क्षेत्री, जीवनकुमार मानन्धर, नानु जोशी, साउन १२ मा अबिनाश श्रेष्ठ, वीरेन्द्रलाल गोर्खाली, भिमकुमारी बर्तौला, साउन १४ मा नवीन शाक्य, साउन १५ मा जगतमाया श्रेष्ठ, साउन १७ मा गोविन्द गोर्खाली र साउन १८ गते उर्वसी श्रेष्ठले दायर गरेको सडक डिभिजन कार्यालय हेटौंडा मकवानपुर विरुद्धको उत्प्रेषण रिटमा मंगलबार पनि छलफल हुन नसकेको हो ।

ADVERTISEMENT

सर्वोच्चले गत २१ गते तोकेको सडक विस्तारको उक्त मुद्दाको पेशीमा  सर्वपक्षीय छलफलका लागि उपस्थित हुन आदेश गरेको थियो । गत साउन १६ गतेदेखि सो मुद्दाहरुको पेशी लगातार सर्दै आएको छ । १६ गतेका लागि तोकिएको पेशी २१ गतेका लागि सरेको थियो भने २१ गते पनि सो रिटहरु हेर्न नभ्याइनेमा परेको थियो ।

हेर्न नभ्याइनेमा परेको उक्त मुद्दारुको २९ गतेका लागि पेशी तोकिएको थियो । सर्वोच्चले २९ गतेका लागि तोकेको पेशीमा पनि छलफल हुन सकेन । हेटौंडाको सडक विस्तारसम्बन्धी रिट सर्वोच्चमा हेर्न नमिल्नेमा परेपछि पुनः भदौ ५ गतेका लागि पेशी तोकिएको थियो । पुनः हेर्न नमिल्नेमा परेपछी १२ गतेलाई तोकिएको पेसी पुनः अर्को हप्तालाई सरेको हो ।

ADVERTISEMENT

पेसी सरेको सर्‍यै गर्दा हेटौँडा सडक विस्तार कार्य अघि बढ्न सकेको छैन । सर्वोच्चले गत साउन ८ मा जारी गरेको अल्पकालीन अन्तरिम आदेशका कारण सडक विस्तार कार्य रोकिएको छ ।

डिभिजन सडक कार्यालय हेटौंडाले राजमार्गको सडकसिमा भित्र पर्ने घरटहरा लगायतका संरचना हटाउन जारी गरेको ३५ दिने सूचनाको म्याद गत साउन १५ गते सोमबार सकिएको थियो । सोहीअनुसार सडक विस्तारको काम अघि बढाउने तयारीमा रहेको डिभिजन सडक कार्यालय सर्वोच्चको अल्पकालीन आदेशले पछी हटेको हो।


प्रकाशित मिति : मङ्लबार, २०८० भदौ १२, १४ :२३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट