Techie IT
Hetauda Khabar

सन्चो हस्पिटलको फार्मेसी पनि अबैध रुपमा संचालन


हेटौंडाको सन्चो हस्पिटलको फार्मेसी पनि अबैध रुपमा संचालन भैरहेको पाइएको छ ।

‘सन्चो अस्पताल फार्मेसी युनिट’को नाममा संचालनमा रहेको फार्मेसीले संचालन अनुमति नलिई संचालन गरिरहेको भेटिएको हो । आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वको अनुगमन टोलीले फार्मेसी गैरकानुनि रुपमा संचालनमा रहेको फेला पारेको हो ।

औषधि व्यवस्था विभाग मार्फत अनुमति लिएर संचालन गर्नुपर्ने फार्मेसीले संचालन अनुमति नवीकरण नगरेको र फार्मेसीको अनुमति लिदा उल्लेख गरेको फर्मासिस्ट र औषधि पसलमा भेटिएका फर्मासिस्ट फरक परेको पाइएको छ ।

फार्मेसी गैरकानुनि रुपमा चलेको भेटिएपछी औषधि व्यवस्था विभाग बिरगंजले ३ दिन भित्र कार्यालयमा उपस्थित भई तत्काल नवीकरण गर्न निर्देशन दिएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट