Techie IT
  • १९ माघ २०८२, सोमबार
Hetauda Khabar
  • १९ माघ २०८२, सोमबार

हेटौंडाको सूचना प्रविधि मेलाको इज्जत जोगाउने तासिर स्कुलका विद्यार्थीको मेहेनत


कम्प्युटर एशोसिएशन नेपाल महासंघ मकवानपुर (क्यान मकवानपुर) को आयोजनामा प्रदेश स्तरीय क्यान इन्फो–टेक (सूचना प्रविधि) मेला हेटौंडाको रोयल पार्टी प्यालेसमा पांच दिन सम्म चल्यो  ।

ADVERTISEMENT

आयोजकका अनुसार गत २ चैतदेखि चलेको मेलामा ३६ वटा स्टल राखिएको छ ।

ADVERTISEMENT

क्यान मकवानपुरको कमजोर तयारी र समन्वय अभावका कारण प्रदेश राजधानीमा जारी सूचना प्रविधि मेला नाम मात्रको मेला बन्यो।

सूचना, प्रविधि र मनोरञ्जनको क्षेत्रमा जनचेतना अभिवृद्धि गर्दै प्रविधिमैत्री जनशक्ति निर्माण र आइटी क्षेत्रको नयाँ प्रविधिलाई उजागर गर्ने उद्देश्यले क्यानले मेला आयोजना गर्ने गर्छ तर हेटौंडामा भने क्यान असफल भयो ।

ADVERTISEMENT

हेटौंडामा भएको सूचना प्रविधि मेला क्यान इन्फोटेक कर्मकाण्ड पूरा गर्नको लागि मात्रै आयोजना गरिएको देखिएको छ । धेरै वर्षदेखि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी हुने भनि अपेक्षा गरिएको मेलामा प्रिन्टर र केहि अन्य सामान भन्दा अन्य कुनै नयाँ प्रविधिको प्रदर्शनी देखिएको छैन। तर बागमती प्रदेश स्तरीय सूचना प्रविधि मेलाको इज्जत भने हेटौंडाको एक विद्यालयको विद्यार्थीको मेहेनतले जोगाएको छ ।

हेटौंडाको तासिर इन्गीलिश माध्यमिक विद्यालयका विद्यार्थीहरुले बनाएको विभिन्न प्रविधि प्रदर्शनी मेलाकै आकर्षक बन्यो । विद्यालयका ७, ८, र ९ कक्षाका विद्यार्थीले बनाएको रिवन काट्ने रोबोर्ट मेशिन, ड्रोन, अण्डाबाट चल्ला काड्ने ह्याचिंग मेशिनलगायतमा सामाग्री उत्कृष्ट थिए । प्रदर्शनीमा कक्षा ७ का समर्पण चौलागाईंले आफुहरुले बनाएका सामाग्रीबारे जानकारी दिएका थिए ।

जे होस् बागमती प्रदेश स्तरीय सुचना प्रविधि मेलामा अन्य कुनै सामग्रीको अवलोकन गर्न नपाएपनि तासिर स्कुलका विद्यार्थीको क्षमता भने स्पष्ट झल्किएको थियो ।

यो पनि पढ्नुहोस् ।

हेटौंडाको सूचना प्रविधि मेलाको बिजोग, अधिकांस स्टल खाली, अवलोकनकर्ता शुन्य

हेटौंडामा सूचना प्रविधि मेला सुपर फ्लप, ‘क्यान’ र ‘म्यान’को किन भएन सहकार्य ?


प्रकाशित मिति : सोमवार, २०७९ चैत्र ६, १३ :२७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट