Techie IT
  • १९ माघ २०८२, सोमबार
Hetauda Khabar
  • १९ माघ २०८२, सोमबार

मकवानपुर क्याम्पस – ३६१ मतगणना हुँदा छोइसाङ अगाडि


स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत मकवानपुर बहुमुखी क्याम्पसको मतगणना जारी छ ।

ADVERTISEMENT

हालसम्म ३६१ मतगणना भएको छ । कुल मतदाता ३ हजार ९१ रहेको क्याम्पसमा १५७४ मत खसेको थियो ।

ADVERTISEMENT

३६१ मतगणना हुँदा नेकपा एमाले निकट विद्यार्थी संगठनका उम्मेदवार नमराज शर्माले १४४ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उम्मेदवार छोइसाङ स्याङतान तामाङको १९२ मत प्राप्त भएको छ ।

जिल्लाका सबै क्याम्पसमा २ वटा प्यानल प्रतिस्पर्धामा छ । नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसंले एउटा प्यानल बनाएको छ भने नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) को अर्को प्यानल रहेको छ ।

ADVERTISEMENT

 


प्रकाशित मिति : आइतवार, २०७९ चैत्र ५, २३ :४० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट