Techie IT
  • १९ माघ २०८२, सोमबार
Hetauda Khabar
  • १९ माघ २०८२, सोमबार

स्ववियु चुनाव- मकवानपुर क्याम्पस निर्वाचन समिति विरुद्द अदालतमा मुद्दा दायर

सुवास सापकोटा समुह आधिकारिक नभएको भन्दै रिट निवेदन


नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ) मकवानपुरको विवाद अदालत सम्म पुगेको छ ।

ADVERTISEMENT

आसन्न स्ववियु निर्वाचनका बीच नेविसंघको एक समुहले स्ववियु निर्वाचन समिति मकवानपुर क्याम्पसले आफुहरुलाई आधिकारिकता नदिएको भन्दै आज उच्च अदालत पाटन-हेटौंडामा मुद्दा दायर गरेको छ ।

ADVERTISEMENT

नेबिसंघ मकवानपुरको भिषण ठकुरी समुहले अदालतमा मुद्दा दायर गरेको हो । ठकुरीसमुहको तर्फबाट ठकुरी र आकास भट्टराईले स्ववियु निर्वाचन समिति मकवानपुर बहुमुखी क्याम्पस, समितिका संयोजक यम सिलवाल, क्याम्पस प्रशासन, नेविसंघका अर्का समुहका अध्यक्ष सुबास सापकोटा, अखिल क्रान्तिकारी मकवानपुर, अनेरास्ववियु मकवानपुरलगायतलाई बिपक्षी बनाएर रिट दायर गरेको छ ।

दायर रिटमा निर्वाचन समितिले निर्वाचन तालिका परिवर्तन गरेको, ठकुरी नेतृत्वको नेविसंघ आधिकारिक भएपनि सुवास सपकोटासमुहलाई आधिकारिक मानिएको, निर्वाचनमा भाग लिनबाट रोकिएको, पेश गर्नुपर्ने आधिकारिक पत्र पेश गर्दासमेत ग्रहण नगरी अनाधिकृत व्यक्तिलाई मान्यता दिएकोलगायतको आरोप उल्लेख गरिएको छ । रिट निवेदनमा सुबास सापकोटासमुहको उम्मेदवारी दर्तालगायतका निर्णय खारेज हुनुपर्ने, आधिकारिक समुहलाई मान्यता दिनुपर्ने र मुद्दाको छिनोफानो नहुन्जेल निर्वाचन रोक्नुपर्ने माग गरिएको छ  । अदालतले भोली बुधबारका लागि पेशी तोकेको बुझिएको छ ।

ADVERTISEMENT

नेविसंघ मकवानपुरमा अहिले सुवास सापकोटा र भिषण ठकुरी मध्य कुन आधिकारिक हुन् भन्ने विवाद चुलिएको छ । गत १९ फागुनमा नेविसंघ अध्यक्ष दुजाङ शेर्पालले मकवानपुर अध्यक्षको जिम्मेवारी ठकुरीलाई दिइएको भन्दै विज्ञप्ति निकालेका थिए । उनलाई संघको विधान २०२७ को सातौँ संसोधन २०७५ अनुसार जिम्मेवारी दिइएको जनाइएको थियो । यता कांग्रेस मकवानपुरले भने गत माघ २८ गते पार्टी कार्यालयमा भएको विद्यार्थी भेलाले नेविसंघ अध्यक्षमा सुबास सापकोटालाई चयन गरेको भन्दै आधिकारिक अध्यक्ष सापकोटा नै भएको जनाएको छ ।

विवाद चुलिदै जाँदा नेपाली कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामाले नेविसंघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गर्दै कांग्रेस सभापति शेर बहादुर देउवालाई पत्रसमेत पठाएका थिए ।

 


प्रकाशित मिति : मङ्लबार, २०७९ फाल्गुन ३०, २३ :०८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट