Techie IT
  • १९ माघ २०८२, सोमबार
Hetauda Khabar
  • १९ माघ २०८२, सोमबार

दोषीलाई कारबाही गर्नुपर्ने भन्दै हेटौंडामा सडक अवरुद्ध


हेटौंडा स्थित पूर्व–पश्चिम राजमार्ग स्थानीयले अवरुद्ध पारेका छन् । गाडीको ठक्करबाट मृत्यु भएको २४ घण्टासम्म दोषीलाई पक्राउ गरि कारबाही गर्न नसकेको भन्दै यहाँका स्थानीयले जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेर नाराबाजी गरेका छन्  ।

ADVERTISEMENT

शनिबार काठमाण्डौँबाट हेटौँडा आउने क्रममा हेटौँडा–१ तिरतिरे धारा नजिक हेटौडा– ६ चौघडा पुतली बजारका अन्दाजी ५२ वर्षीय कृष्ण प्रसाद सापकोटाको मृत्यु भएको थियो  । आइतबार दिउँसोसम्म ठक्कर दिने सवारीको पहिचान हुन नसकेको भन्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् । उनीहरुले पुलिस प्रशासन मुर्दाबाद, दोषीलाई लुकाउन पाइदैन,पिडितलाई न्याए दे जस्ता नारा लगाइरहेका छन् ।

ADVERTISEMENT


प्रकाशित मिति : आइतवार, २०७९ फाल्गुन २१, १४ :१६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट