Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

बागमतीमा पनि सरकार छाड्दै एमाले, ३ बजे पत्रकार सम्मेलन


नेकपा एमालेले सरकार छाड्ने निर्णय गरेको छ । पार्टी मुख्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो । संघीय सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निर्णय गरेको एमालेले प्रदेश सरकारका विषयमा भने बोलेन।

ADVERTISEMENT

यता बागमती प्रदेश सरकारबाट पनि एमाले बाहिरिने भएको छ । आज दिउँसो पत्रकार सम्मेलन गरेर सरकार छोडेको जानकारी दिने एमाले स्रोतले बताएको छ ।

ADVERTISEMENT

पार्टीको केन्द्रकै निर्णय अनुसार आफुहरु जाने र यसबारे दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने बागमती संसदीय दलका नेता जेएन थपलियाले  हेटौंडाखबरलाई जानकारी दिए ।

 

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०७९ फाल्गुन १५, १३ :११ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट