Techie IT
Hetauda Khabar

बागमतीमा बल्लबल्ल मिल्यो भागबण्डा, राप्रपाले लिएरै छाड्यो ३ मन्त्रालय


बागमती प्रदेश सरकारले आज पुर्णता पाउने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारलाई पुर्णता दिने निर्णय गरेको थियो । मुख्यमन्त्री सालिकराम  जमरकट्टेलले सत्ता साझेदार दलहरुसँगको छलफलपछि बुधबार बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने भएका हुन् । रातभरको छलफल पछी पनि ३ दलको नमिलेको भागबण्डा बल्ल-बल्ल बुधबार बिहान मिलेको छ यसअघि नेकपा एमालेले ५, माओवादीले ४ र राप्रपाले २ वटा मन्त्रालय लिने भनिए पनि राप्रपाले असहमति जनाइरहे पछी भागबण्डा मिल्न सकेको थिएन ।

अन्ततः राप्रपाले मागेको थप १ मन्त्री दिने समहती भएपछी कुरो मिलेको छ । अब नेकपा माओवादीले मुख्यमन्त्रीसहित र तीन मन्त्रालय पाउने भएको छ भने एमालेले चार मन्त्रालयमा चित्त बुझाएको छ । त्यस्तै राप्रपाले तीन मन्त्रालय पाउने भएको छ ।

एमालेले एकलाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव पोखरेल, जगन्नाथ थपलियालाई मन्त्रीका रुपमा पठाउने भएको छ । तर मन्त्रालय टुंगो नलागिसकेको मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । त्यस्तै माओवादीले मन्त्रीमा युवराज दुलाल, गंगानारायण श्रेष्ठ र कुमारी मोक्तानलाई सरकारमा पठाउने भएको छ । उता राप्रपाले भने कसलाई मन्त्री बनाउने भन्ने टुंगो लागाइसकेको छैन ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
ट्याग : #प्रदेशसभा, #बागमती प्रदेश, #मकवानपुर, #शालिकराम जम्मकट्टेल, #हेटौंडा

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट