Techie IT
Hetauda Khabar

मकवानपुरका एकालाल श्रेष्ठ मन्त्री बन्ने पक्का


मकवानपुरका एकालाल श्रेष्ठ मन्त्री बन्ने पक्का भएको छ बागमतीका एमाले प्रदेशसभा सदस्य मध्ये ४ जनाको नाम फाइनल भएको छ ।

एमाले बाट मकवानपुरका एकालाल श्रेष्ठ सहित रामेश्वर श्रेष्ठ, केशव पोखरेल मन्त्री भन्ने भएका छन् । एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया यस अघि नै मन्त्री भैसकेका छन् ।

बागमती प्रदेश सरकारलाई आज पूर्णता दिइने भएको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले सरकारलाई आज पूर्णता दिने निर्णय गरेको हो । सोही निर्णय अनुसार  मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको ३ सदस्यीय मन्त्रिपरिषद्मा आज थप ८ मन्त्रीले नियुक्त हुनेछन् । नवनियुक्त मन्त्रीहरूको आज दिउँसो २ बजे  पद तथा गोपनीयताको शपथ लिने तय भएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट