Techie IT
Hetauda Khabar

बागमतीका मुख्यमन्त्री र २ मन्त्रीले लिए सपथ, एमालेका थपलिया आर्थिक मामिला मन्त्री


बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पद तथा गोपनियताको शपथ लिएका छन् मंगलबार विहान उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ खुवाएका हुन् ।

मुख्यमन्त्रीसहित अन्य २ नवनियुक्त मन्त्रीले पनि पद तथा गोपनियताको शपथ लिएका छन् ।
नेकपा एमाले बागमतीका संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपाका संसदीय दलका नेता उद्धब थापाले पद तथा गोपनियताको शपथ लिएका हुन् । एमालेबाट मन्त्री बनेका थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी लिएका छन् भने राप्रपाबाट मन्त्री बनेका थापाको जिम्मेवारी तोकिएको छैन ।

११० सांसद मध्य  ७० सांसदको समर्थनसहित जम्मकट्टेलले मुख्यमन्त्रीमा दाबी पेश गरेलगत्तै प्रदेश प्रमुख शर्माले हिजो उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री जम्मकट्टेललाई एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३,  नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन रहेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट