Techie IT
Hetauda Khabar

बागमती प्रदेशका मन्त्रालय घटाउछौँ- नवनियुक्त मुख्यमन्त्री


बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशको मन्त्रालय घटाउने बताएका छन् ।

सोमबार प्रदेश प्रमुखबाट नियुक्त भएलगत्तै संचारकर्मी संग प्रतिक्रिया दिदैं उनले हाल भैरहेको मन्त्रालय घटाएर मन्त्रिमण्डल विस्तार गर्ने बताएका हुन् । उनले सरकारलाई समर्थन गर्ने सबै दलहरु संग छलफल गरि छिट्टै मन्त्रीमण्डल गठन गरिने बताए । संचारकर्मीको प्रश्नमा उनले भने,’ हामीले मन्त्रालय घटाउछौँ, बढीमा ११ वटा मन्त्रालय बनाउछौं’ ।

जम्मकट्टेललाई आज नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ११० सांसद मध्य  ७० सांसदको समर्थनसहित जम्मकट्टेलले मुख्यमन्त्रीमा दाबी पेश गरेलगत्तै प्रदेश प्रमुख शर्माले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री जम्मकट्टेललाई एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३,  नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन रहेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट