Techie IT
Hetauda Khabar

बागमती प्रदेशमा मुख्यमन्त्री आलोपालो, सभामुख राप्रपाले पाउने


बागमती प्रदेशमा माओवादी र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक ले बागमतीमा पहिलो चरणमा माओवादीले सरकारको नेतृत्व गर्ने सहमती भएको हो ।

यो संगै बागमतीको मुख्यमन्त्री संसदीय दलका नेता शालिकराम जमकट्टेल मुख्यमन्त्री बन्ने भएका छन् ।

त्यस्तै बागमती प्रदेश्सभाको सभामुख राप्रपाले पाउने भएको छ । एमालेले उपसभामुख लिने सहमति भएको बताइएको छ ।

बैठकमा  गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, बागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको हो ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट