Techie IT
Hetauda Khabar

ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार पुस २५ गतेबाट


ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डुको (बिओके) एकीकृत कारोबार यही पुस २५ गतेदेखि हुने भएको छ। दुवै बैङ्कले गत मङ्सिर २३ गते सम्पन्न साधारणसभाबाट एकापसमा गाम्भे-गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैङ्कले मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।

राष्ट्र बैङ्कले यही पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । दुई बैङ्क मर्जरपछि ग्लोबल आइएमई बैङ्कका नामबाट आगामी पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु हुन लागेको हो ।

मर्जरपछि बैङ्कको केन्द्रीय कार्यालय हाल ग्लोबल आइएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौँ जिल्ला वडा नं २८ कमलादीमा हुने कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : अर्थबाणिज्य, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट