शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।
ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नरेन्द्रराज प्रसाईंले जानकारी दिए ।
१०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते उक्त अस्पताल भर्ना गरिएको थियो ।
उनको सघन उपचार कक्ष आईसीयूमा राखेर उपचार भइरहेको थियो ।
अस्पतालका अनुसार, उनलाई युरिन इन्फेक्सन तथा छातीमा निमोनिया देखिएको थियो । यस्तै जोशीमा डेङ्गीको समेत संक्रमण देखिएको थियो ।
प्रकाशित मिति : आइतवार, २०७९ अशोज ३०, ०७ :४७ बजे
ट्याग : #निधन, #सत्यमोहन जोशी




















प्रतिक्रिया