Techie IT
Hetauda Khabar

बागमतीको मुख्यमन्त्री बनेर ५ वर्ष भित्र संघीयता खारेज गर्छौं- राप्रपा


बागमती प्रदेशको मुख्यमन्त्रीमा राप्रपाले कुनैपनी हालतमा नछाड्ने बताएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती संसदीय दलको नेता उद्दव थापाले प्रदेशको मुख्यमन्त्रीमा आफुले नछाड्ने बताएका हुन् । हेटौंडामा आज पत्रकारहरु संग कुराकानी गर्दै उनले भने ´मुख्यमन्त्री बनेर प्रदेश खारेज गर्छौं, संघीयता कुनैपनी हालतमा खारेज हुनुपर्छ, हामी गर्छौं´।

राप्रपा सत्ताको लोभमा नरहेको भन्दै उनले आफु मुख्यमन्त्री बनेपछि ५ वर्ष भित्र संघियता खारेज गर्ने उनले बताए । उनले २०४६ सालपछी २०७९ सम्म आइपुग्दा मुलुकको बजेट घाटा झन्डै २०  खरब भैसकेकाले पनि आम जनताले अब संघियता चाहिंदैन भनेकाले आफुहरु त्यसको पक्षमा लागिरहने उनले बताए ।

प्रदेशसभामा ६६ प्रत्यक्ष र ४४ समानुपातिक गरी ११० प्रदेशसभा सदस्य सिट संख्या रहेको बागमतीमा सरकार बनाउन ५६ सिट आवश्यक पर्छ ।

एमाले, माओवादी केन्द्र र राप्रपा मात्र मिल्दा पनि बागमतीमा सहजै सरकार बन्न सक्ने स्थिति छ । प्रदेशमा कांग्रेसको ३७ जना संसद रहेका छन् भने एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।

तर बागमती प्रदेश सरकारको नेतृत्वमा सत्ता गठबन्धनका मुख्य तीन वटा दलहरू सबैले दावी गरेका छन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट