Techie IT
Hetauda Khabar

बागमतीको सभामुख, उपसभामुखको निर्वाचन पुस २८ र २९ गते, बस्दैछ पहिलो बैठक


बागमती प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचनको मिति तय गरिएको छ ।

आज सेमबार दिउँसो १ बजेका लागि प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक बस्दैछ । बैठक बस्नु अघि सोमबार बिहान बैठकको कार्यसूचि तयार गर्न बसेको सर्वदलीय बैठकले प्रदेशसभाको कार्यसूचित तयार पारेको प्रदेशसभा सचिवालय हेटौंडाका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए ।

उनका अनुसार प्रदेशसभाका सभामुखको लागि आगामी २८ गते र उपसभामुखको लागि आगामी २९ गते निर्वाचन गर्न दलहरु बीच सहमती भएको छ । उक्त निर्वाचनको लागि पुस २७ गते सभामुख र उपसभामुखको निर्वाचनका लागि मनोनयन दर्ताको कार्यक्रम राख्ने सर्वदलीय बैठकमा सहमती भएको छ । उक्त सर्वदलीय बैठकको सहमती अनुसारको सभामुख र उपसभामुखको निर्वाचनको प्रस्ताव आजको प्रदेशसभा बैठकमा पेश गरेर अन्तिम रुप दिइने प्रवक्ता  गुप्ताले जानकारी दिए ।

सभामुख र उपसुभामुको निर्वाचन पश्चात प्रदेश प्रमुखले सदनमा सम्बोधन गर्ने कार्यक्रम राख्ने गरी सर्वदलीय बैठकमा खसहमती भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा बन्द रहेको अवस्थामा सरकार संचालनको लागि मन्त्री परिषदबाट जारी भएका ५ वटा अध्यादेशहरु पेश गर्ने कार्यसूचि रहेको छ ।

बैठकमा प्रदेश सरकारले संसद नचलेको अवस्थामा गत भदौ १ गते जारी गरेको स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश–२०७९, प्रदेश निजामती सेवा अध्यादेश,–२०७९, असोज १२ गते जारी गरेको प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) अध्यादेश–२०७९, असोज ३० गते जारी गरेको प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धी अध्यादेश– २०७९, प्रदेश कृषि विकास अध्यादेश–२०७९ पेश गर्ने कार्यसूचि रहेको छ ।

प्रदेशसभाको बैठकमा दलीय रुपमा दलका नेताहरुले शुभकामना मन्तव्य राख्नेछन् भने निर्वाचित बाहेका मन्त्रीहरुलाई पनि सदनमा आसनको व्यवस्था गर्न दलहरु सहमत भएका छन् । बागमती प्रदेशमा केही मन्त्री निर्वाचनमा पराजित भएका छन् भने केही उम्मेदवार बन्नबाट बीञ्चत भएका थिए । संविधानत् ६ महिनाको लागि सांसद निर्वाचित नभएका व्यक्ति पनि मन्त्री बन्न पाउने व्यवस्था अनुसार सोही हैसियतमा उनीहरुलाई सदनमा आसनको व्यवस्थापन गर्न दलहरु बीच सहमती भएको बतैएको छ  ।

त्यस्तै प्रदेशसभाको आजको बैठकमा नियमित क्रियाकलाप अन्तर्गत प्रदेश प्रमुख कार्यालयबाट प्राप्त चिठ्ठी पत्रहरु बाचन गर्ने कार्यक्रम रहेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट