Techie IT
Hetauda Khabar

पुस २४ गतेदेखि पाँचौं बागमती गोल्डकप सुरु हुने


मकवानपुरमा यही पुस २४ गतेदेखि पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा बागमती गोल्डकप फुटबल प्रतियोगिताको पाँचौं संस्करण पुस २४ गतेदेखि माघ ३ गतेसम्म हुने भएको हो ।

शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा एक विदेशी क्लव सहित १० टिमले सहभागिता रहने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष एंव कार्यक्रम संयोजक टिकालाल श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा अमेरिकन क्लव भुटनिज युथ स्पोर्ट्स क्लबसहित ए डिभिजनका ८ वटा, मकवानपुर ११ र आयोजक बागमती गाउँपालिका खेलकुद विकास समिति सहित १० वटा टिमले सहभागिता रहने श्रेष्ठले बताए । प्रतियोगितामा विभागीय क्लबहरुमा  त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मच्छिन्द्र  युवा क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्योइज युनाइटेड क्लब,जावलाखेल युथ क्लब रहेका छन् ।

प्रतियोगिताको उपाधि विजेता टोलीले नगद ८ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही दश-दश हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । हरेक खेलको म्यान अफ दि म्याचलाई नगद ५ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सञ्चालनका लागि करीब ७१ लाख खर्च हुने आयोाजकको अनुमान छ ।


क्याटेगोरी : खेलकुद, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट