Techie IT
  • १ चैत्र २०८२, आईतबार
Hetauda Khabar
  • १ चैत्र २०८२, आईतबार

हेटौंडाका १६ वर्षे ऋत्विकको ‘कोरिएका धर्साहरू’ विमोचन


हेटौंडा–२ मा रहेको बालजागृति अंग्रेजी माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्र ऋत्विक के.बीको पहिलो कविता सङ्ग्रह ‘कोरिएका धर्साहरू’ विमोचन गरिएको छ । बिहीबार बालजागृति विद्यालयमा कविता सङ्ग्रह विमोचन गरिएको हो । उनका माता पुण्यशिला श्रेष्ठ प्रकाशक रहेको कविता सङ्ग्रहमा २४ वटा कविताहरु रहेका छन् ।

ADVERTISEMENT

सानै उमेरमा कविता सङ्ग्रह प्रकाशन गरेको भन्दै कार्यक्रमका वक्ताहरुले ऋत्विकको प्रशंसा गरेका थिए । ‘सानै उमेरमा ऋत्विकले कविता सङ्ग्रह प्रकाशन गरेको छ । उनको कवितामा समय सान्दर्भिकता पाइन्छ’, सर्जक सञ्जाल मकवानपुर अध्यक्ष निमेष निखिलले भने । आगामी दिनमा अन्य सङ्ग्रहहरु पनि प्रकाशन गर्नका लागि उनले शुभकामना व्यक्त गरे । बालजागृति विद्यालयका प्रिन्सिपल बिनोद सुवेदीले ऋत्विकको कविता सङ्ग्रहले विद्यार्थीहरु गौरभान्वित भएको बताए । साहित्य क्षेत्रमा लाग्न चाहने बालबालिकालाई हौसला मिलेको उनको भनाई थियो ।

ADVERTISEMENT

बालजागृति विद्यालयका सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यता रहेको थियो ।

रिमालले विद्यार्थीहरुलाई सिजर्नशील बनाउन महाशाखाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । कार्यक्रममा ऋत्विकको माता पुण्यशिलाले २० वर्षमा आफूले पहिलो कृति प्रकाशन गरेको तर छोराले १६ वर्षमै कृति प्रकाशन गरेर रेकर्ड ‘ब्रेक’ गरेको बताइन् ।

ADVERTISEMENT

कार्यक्रममा उच्च अदालत बार एशोसियशन मकवानपुरका पूर्व अध्यक्ष मदन दाहाल, बालजागृति विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिना, साहित्य सङ्गम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।


प्रकाशित मिति : बिहिबार, २०७९ मंसिर २९, २१ :४५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट