Techie IT
Hetauda Khabar

बागमती प्रदेश- निर्माणाधीन भवन अलपत्र, चलिरहेको हल लाखौँ खर्च गरेर सिङ्गारिदै

पाँच वर्षमा ३ वटा सरकार बन्यो, बनेन आफ्नै भवन


संघियता कार्यनयन पछिको बागमती प्रदेशासभाको दोस्रो कार्यकाल सुरु हुँदैछ । तर प्रदेशको सभा संचालन हुने भवन भने अझै अलपत्र अवस्थामा छ ।

प्रदेशसभाको आफ्नै भवनको निर्माण कार्य नसकिएकाले दोस्रो कार्यकालको सभा पनि पुरानै हलमा हुने भएको हो । करोड खर्च गरेर भवन निर्माण भैरहदा बागमतीको प्रदेशसभा सचिवालयले भने केहिदिन अगाडिसम्म बैठक संचालन भैरहेको सभाहललाई लाखौँ खर्च गरेर मर्मत गरिरहेको छ । प्रदेशमा नयाँ सांसद राख्न राम्रै संग चलिरहेको हल फुटाएर रङ्गरोकन, सजावटसहित मर्मत गरिएको हो ।

तत्कालनि समयमा हेटौंडा स्थित क्षेत्रीय शिक्षा निर्देशनालय रहेको भवनमा प्रदेशसभा सचिवालय स्थापना गरिएको थियो । २०७६ पुस २७ गते सोही भवनबाट प्रदेशको नामकरण र स्थायी राजधानीको विषय टुङ्गिए संगै भौतिक पूर्वाधार मन्त्रालयले प्रदेशसभा भवन बनाउने प्रक्रिया सुरु गरेको थियो तर हालसम्म उक्त भवन बनेको छैन ।

उता प्रदेशसभा सचिवालयले भने ठीकठाक अवस्थामा रहेको हल भत्काएर लाखौँ रकम पुनः पुरानै सभाहलमा खर्च गरेको छ ।  निर्माणाधीन भवनको निर्माण चाडो सकेर संचालन गर्न तर्फ ध्यान नदिई सरकारको रकम पुरानो र अस्थायी संरचनामै खर्च भैरहेको छ ।

बागमती प्रदेशसभाबाट पाँच वर्षको अवधिमा ३ वटा सरकार बन्यो। तर, कुनै पनि सरकारले प्रदेशसभा भवन बनाउन चासो नदिँदा प्रदेशसभाको दोस्रो कार्यकाल पनि पुरानै साँघुरो भवनमा सुरु हुँदैछ त्यतिमात्र होइन सरकारकै उदासिनताले अहिले लाखौँ रकम थप खर्च भैरहेको छ ।यसलाई सचिवालयले भने फजुल खर्च मान्दैन ।

करिव ६-७ लाख खर्च भएको र यो खर्चलाई फजुल मान्न नमिल्ने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले बताए । ‘हामीले रङ्ग, फल सिलिंगलगायतका काम गरेका हौँ, यसलाई फजुल खर्चभन्न मिल्दैन उनले भने’, ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण कार्यालयमार्फत अर्घाखाँची/सगुन पारामाउन्ट जेभीले निर्माणको काम गरिरहेको छ।२०७९ वैशाख १ गतेसम्ममा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको सभाहलको हालसम्म ८० प्रतिशत मात्रै निर्माण कार्य सम्पन्न भएको छ।

२०७७ साल कात्तिक १९ गते ४ करोड ९४ लाख ९ हजार ९ सय ९ रुपैयाँमा प्रदेशसभा भवन निर्माणको सम्झौता भएको भवनको बागमती प्रदेशसभाको तत्कालीन सभामुख सानुकुमार श्रेष्ठले ०७७ मंसिर १० गते शिलान्यास गरेका थिए।तर यसअघिको सरकारको उदासिनताका कारण दोस्रो कार्यकालको संसद पनि पुरानैमा चल्ने भएको छ । त्यतिमात्र नभई पुरानो सभाहलमा मर्मतका नाममा प्रदेशसभा सचिवालयले लाखौँ फजुल गर्छ गरिरहेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट