Techie IT
Hetauda Khabar

हेटौंडा अस्पतालमा सिटिस्क्यान सेवा सुरु, एमआरआई पनि छिट्टै सुरु हुने


हेटौंडा अस्पतालमा सिटिस्क्यान सेवा सुरु भएको छ ।

आइतबारबाट अस्पतालमा सेवाको सुरुवात गरिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईंले जानकारी दिए ।

सिटिस्क्यानका लागि निजि क्लिनिक वा बाहिरी जिल्लामा जानुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यका साथ सेवा सुरु गरिएको चौलागाईंले बताए । अस्पतालले १२८ स्लाइसको सिटिस्क्यान मेसिन सञ्‍चालनमा ल्याएको उनले जानकारी दिए ।

बागमती प्रदेश सरकारले दिएको मेशिन अस्पतालको नयाँ भवन संचालन भएपनि कर्मचारी अभावका कारण संचालनमा आउन सकेको थिएन ।

२४ सै घण्टा उपलब्ध हुनेगरी सिटिस्क्यान सेवा सुचारू गरिएको अस्पतालले जनाएको छ ।

सिटिस्क्यान मेसिनले एक्सरे र कम्प्युटरको सहयोगले शरीरका भित्री भागको अध्ययन गर्ने गर्छ ।

त्यस्तै अस्पतालमा एमआरआई सेवापनि छिट्टै संचालन गरिने अस्पतालले जनाएको छ । ‘मेशिन आइसकेको छ, काम भैरहेको छ केही महिना भित्रै एमआरआई सेवा पनि सुरु गर्ने तयारी हुँदैछ’, व्यवस्थापन समिति सदस्य चौलागाईंले भने ।

म्याग्नेटिक रिजोनेन्स इमेजिङ अर्थात् (एमआरआई) प्रविधिले शक्तिशाली चुम्बकको प्रयोगद्वारा शरीरका अंगहरुको सूक्ष्म तथा विस्तृत अध्ययन गर्छ । यो प्रविधिले शरीरका अंगहरुको भित्री बनावट, रोग लागेका अंगहरु, ट्युमर तथा क्यान्सरजस्ता रोगहरु पत्ता लगाउन मद्धत गर्छ ।

एमआरआई सेवाको पनि सुरुवात भएपछी थप जटील रोगको समेत उपचार हेटौंडामै सम्भव हुने अस्पतालले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट