Techie IT
Hetauda Khabar

मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु


हेटौंडा, १९ माघ । मकवानपुरको मनहरी गाउँपालिका-६ सुनादेवीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

बिहीबार साँझ ७ बजेर ४० मिनेटको समयमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवनको माडी नगरपालिका-१२ का २० वर्षीय कोरेस चेपाङको मृत्यु भएको हो।

उनको भरतपुरस्थित पुरानो मेडिकल कलेज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट