Techie IT
  • २५ माघ २०८२, आईतबार
Hetauda Khabar
  • २५ माघ २०८२, आईतबार

बागमती प्रदेशमा बायोमेडिकल वर्कशपको उद्घाटन्


हेटौंडा । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मकवानपुरमा बायोमेडिकल वर्कसपको उद्घाटन गरिएको छ । वर्कसपबाट अबदेखि बागमती प्रदेशका अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरणहरूको मर्मत समेत गरिने भएको छ।

ADVERTISEMENT

वर्कसपको उद्घाटन गर्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले सरकारी अस्पतालमा भएका ल्याबका उपकरणहरू धेरै छिटो बिग्रने समस्या रहेको बताए । जसले गर्दा लाखौ परेका समान समेत थन्केर बस्ने समस्या हट्ने उनले बताए । उनले अवदेखि अस्पतालमा सामान विग्रदा सेवाग्राहीले दुख पाउने अबस्थाको अन्त्य हुने बताए ।

ADVERTISEMENT

निग साइमन इन्स्टिच्युटको सहयोगमा वर्कसपमा आवश्यक सामानको सहयोग गरिएको हो। यसको व्यवस्थापन भने केन्द्रले गर्नेछ।

आपूर्ति व्यावस्थापन केन्द्रका प्रमख बसन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य सेवा बिभागका निर्देशक श्रबण कुमार थापा, निग साइमन इन्सिच्युटका निर्देशक अर्चना अमात्य, स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक दिपक तिवारी लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८० माघ १८, १८ :४४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट