Techie IT
  • २७ माघ २०८२, मंगलबार
Hetauda Khabar
  • २७ माघ २०८२, मंगलबार

मकवानपुर गोल्डकप : साविक उपविजेता हिमालयन शेर्पालाई स्तब्ध पार्दै एनआरटी क्वाटरफाइनलमा प्रवेश


साविक उपविजेता हिमालयन शेर्पा क्लबलाई स्तब्ध पार्दै न्यूरोड टिम (एनआरटी) हेटौंडाको गौरिटार रंगशालामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

ADVERTISEMENT

विजयी टोलीका लागि सरोज तामाङ, रोहन खड्गी र सुमित श्रेष्ठले १-१ गोल गरेका थिए । शेर्पाका लागि सरोजले खेलको २९ औं मिनेटमा, रोहनले ५७ औं मिनेट र सुमितले ८५ औं मिनेटमा गोल गरेका थिए ।

ADVERTISEMENT

खेलमा एनआरटीका सरोज तामाङ म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको खेलको सुरुवातमा दुई वटा सुन्दर मौका खेर फाल्दा शेर्पा पहिलो खेलबाटै बाहिरिन पुगेको हो ।

ADVERTISEMENT

शेर्पाका विदेशी फरवार्ड नेपोलियनले खेलको २२ र २४ औं मिनेटमा एनआरटीका गोलरक्षक प्रिसोसँग वान भर्सेज वानको अवस्थामा गोल गर्न चुकेका थिए ।

प्रिसोको लगातारको दुई वटा बचाउसँगै खेलमा एनआरटी शेर्पामाथि हाबी भएको हो ।

एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले खेलाडीको मेहेनतका कारण सहज जित प्राप्त भएको बताए । ‘हाम्रो योजना अनुसार सवै खेलाडीले खेलेका कारण जीत सम्भव भयो । विपक्षी कमजोरभन्दा पनि हाम्रो लगातार स्कोर निस्कियो,’ भर्खरैमात्र इलाममा आफ्नो टोलीलाई उपाधि दिलाएका प्रशिक्षक सिन्केमानले उपाधि जित्ने गरी मैदानमा उत्रिएको बताए ।

 


प्रकाशित मिति : बिहिबार, २०८० माघ १८, ०८ :१२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट