Techie IT
Hetauda Khabar

मकवानपुरको भीमफेदी गाउँपालिका बन्यो अनौपचारिक क्षेत्रका मजदुरलाई सामाजिक सुरक्षा कोषमा जोड्ने पहिलो गाउँपालिका


हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले योगदानमा आधारित अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको छ ।

देशकै पहिलो गाउँपलिकाको रुपमा भीमफेदीले सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको हो ।
भीमफेदी गाउँपालिका अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउन सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्ने नेपालकै दोस्रो गाउँपालिका र बागमती प्रदेशकै पहिलो गाउँपालिका हो भने अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजनाको औपचारिक शुभारम्भ गर्ने नेपालकै पहिलो गाउँपालिका बनेको छ ।

भीफफेदीमा आयोजना भएको कार्यक्रममा प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेका हुन् । योजनाको पहिलो चरणमा ९८ जना सहभागी रहेका छ्न् ।

सामजिक सुरक्षा ऐन २०७४ ले अनौपचारिक क्षेत्रको मजदुरको न्युनतम बेतन १० हजार ८ सय २० तोकेको छ । त्यसमा पन्जीकृत भएका मजदुरले ११ प्रतिशत जम्मा गर्नुपर्ने हुन्छ भने स्थानीय सरकारले ९।३७ प्रतिशत जम्मा गर्नेछ ।

सरकार र श्रमिकको तर्फबाट मासिक २ हजार २ सय ४ रुपैयाँको मालिक रुपमा गाउँपालिकाद्वारा कोषमा जम्मा गरिनेछ । यो कोषमा आवद्द भएका मजदुरले वार्षिक १ लाख बराबरको उपचार खर्च, ७ लाखको दुर्घटना बिमा, सुत्केरी महिला श्रमिकले ९८ दिन बराबरको पारिश्रमिक र शिशु स्याहारको लागि नगद २५ हजार पाउनेछन् भने दुर्घटना भै अशक्त भएको अवस्थामा नियमित पेन्सन पाउनेछन् ।

चालु आर्थिक वर्षको लागि योगदानमा आधारित श्रमिक कोष बजेट शीर्षकमा रू।१३ लाख बजेट विनियोजन गरिएको भीमफेदी गाउँपालिकका अध्यक्ष हिदम लामाले बताए ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षा सम्बन्धी संवैधानिक हक प्रदान गरेको छ। नागरिकको सामाजिक सुरक्षा सम्बन्धी संवैधानिक हकको संरक्षण गर्नु स्थानीय सरकारको पनि दायित्व हो। तसर्थ यस भीमफेदी गाउँपालिकाले पनि आफ्नो नागरिकको सामाजिक सुरक्षा सम्बन्धी संवैधानिक हकको संरक्षण गर्नका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना प्रारम्भ गरेको अध्यक्ष लामाले बताए ।

सामाजिक सुरक्षा कोषमा आवद्ध भएपछी खुसी ब्यक्त गर्दै पालिकामा आबद्ध श्रमिकहरुले अबदेखि ढुक्कले काम गर्ने वातावरण बनेको बताए ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट