Techie IT
Hetauda Khabar

बागमती प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार विजयी


मकवानपुर । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा गठवन्धनको तर्फबाउ उम्मेदवार बनेका चार जना उम्मेदवार विजयी भएका छ्न । हेटौडामा सम्पन्न मतगणना अनुसार गठबन्धको तर्फबाट नेपाली काङ्रेसका २ जना, नेकपा माओवादी केन्द्रका एक र नेकपा एकीकृत समाजवादीका एकजना उम्मेदवार बिजयी भएका हुन् ।

बिजयी हुनेहरुमा काङ्ग्रेसका जितजङ्ग बस्नेत र विष्णुकुमारी पुडासैनी रहेका छ्न भने माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र समाजवादीका घनश्याम रिजाल रहेका छन् ।

बिजयी महिला तर्फकी काग्रेस्की पुडासैनीले ६६२२ मत प्राप्त गर्दा अन्यका उम्मेदवार काङ्रेसका बस्नेतले ६५३१ मत प्राप्त गरे । बिजयी दलित तर्फका समाजवादीका रिजालले ६५१२ मत प्राप्त गर्दा अपाङ्ग्ता तर्फ माओवादी केन्द्रका अधिकारीले ६३८३ मत प्राप्त गरे ।

हेटौंडामा सम्पन्न मतदानमा कुल ३४७ मतदाता मध्य ३४२ जनाले मात्र मतदानमा भाग लिएका थिए ।

स्थानीय तहका २३७ जनामा २३४ जनाले मतदान गरेका छन भने ११० प्रदेशसभा सदस्य मध्य १०८ जना प्रदेश सभाका सदस्यहरुले मतदान गरेका थिए ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट