Techie IT
Hetauda Khabar

हेटौंडाका पत्रकार बन्जाराले पाए सफाई


हेटौंडा । हेटौंडाका पत्रकार रमेश बन्जारा भनेर चिनिने इन्द्र प्रसाद बन्जाराले जबर्जस्तीकरणी मुद्दामा सफाई पाएका छन् । मंगलबार जिल्ला अदालत मकवानपुरले मुद्दाको अन्तिम सुनुवाई गर्दै बन्जारलाई सफाई दिएको हो ।

गत बर्षको ३० चैतमा बन्जाराले आफुलाई जबर्जस्तीकरणी गरेको भन्दै एक महिलाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएकी थिईन् । उजुरी पस्चात बन्जारा पुर्पक्षका लागि भीमफेदी कारागारमा रहेका थिए ।

आज भएको श्रीप्रसाद संजेलको इजलासले उनलाई सफाई दिएको हो । साथै सोहि विषयमा समाचार लेखेको भन्दै हेटौंडा खबरका अध्यक्ष रविन्द्र कुमार गौतम विरुद्द अर्जुन तिवारीले लिखित गाली बेइज्जतीको मुद्दामा समेत अदालतले दावी नपुग्ने भन्दै सफाई दिएको छ ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट