Techie IT
Hetauda Khabar

हेटौंडाको क्लबलाई पराजित गर्दै विनयबाबु स्मृति प्रतिष्ठानले जित्यो जिल्लास्तरीय भलिबलको उपाधी


हेटौंडा । मकवानपुरको थाहानगरपलिकाको चित्लाङमा सञ्चालित २७ औं जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधी  विनयबाबु स्मृति प्रतिष्ठानले हात पारेको छ ।

थाहा नगरपालिका वडा नम्बर २ को विनयबाबु स्मृति प्रतिष्ठानले हेटौंडाको छहारी युवा समाजलाई सोझो सेटमा पराजित गरेको हो ।

विनयबाबुले छहारीलाई २५-१९, २५-२२ र २७-२५ को अन्तरले पराजित गरेको हो।

विजयी भएसंगै विनयबाबु स्कृति प्रतिष्ठानले नगद ६० हजार १ रुपियाँ नगद पुरस्कारसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता छहारी युवा समाज हेटौंडाले ३० हजार रुपियाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र र प्रतियोगितामा तेस्रो हुने खेलकुद विकास समिति चित्लाङले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ।

खेलमा मकवानपुरका १५ वटा टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

खेलको वेस्ट स्पाइकर छहारीका निश्चल रानामगर घोषित भए भने वेस्ट सेटर पनि छहारीकै निश्चल काउचा घोषित भए । वेस्ट लिब्रोमा विनयबाबुका उज्वल लामा, बेस्ट ब्लकर विनयबाबुकै उपास विष्ट र वेस्ट प्लेयर पनि विनयबाबुकै निराजन गुरुङ घोषित भए । वेस्ट कोचमा विनयबाबुका शंकर कार्की घोषित भएका छन् ।

प्रतियोगिताका विजयी तथा उपविजेता टिमलाई मकवानपुर क्षेत्र नम्बर २ का सांसद महेश कुमार बर्तोलाले पुरस्कार वितरण गरेका थिए ।

चित्लाङको स्वच्छन्द भैरव युवा क्लवको आयोजनामा २५ पौषबाट सुरु भएको प्रतियोगिताको पुरस्कार वितरण समारोह क्लबका अध्यक्ष पुण्यमान बलामीको सभाध्यक्षतामा भएको थियो ।


क्याटेगोरी : खेलकुद, मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट