Techie IT
Hetauda Khabar

मकवानपुरको बागमतीमा आगलागीबाट एक घर जलेर नष्ट


मकवानपुरको बागमती गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

बिहीबार दिउँसो बागमती गाउँपालिका वडा नम्बर-४ लम्कना बीचटोल बस्ने ३० वर्षीय नारायण फेवाली मगरको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

उनको काठको फुसको छानो भएको एक तले कच्ची घरमा विद्युतको तार सर्ट भई आगलागी हुदाँ घर भित्र रहेको लत्ताकपडा, अन्नपात, भाडावर्तन र काठहरु पूर्णरुपमा जलि नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले बताए ।

उनका अनुसार घटनामा मानवीय र पशु चौपायको क्षति भएको छैन् । स्थानीय र प्रहरीको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट