Techie IT
Hetauda Khabar

हेटौँडामा दुईदिने फोटो प्रर्दशनी हुने


हेटौँडा । मकवानपुरको हेटौँडामा दुई दिने फोटो प्रर्दशनी हुने भएको छ । मकवानपुरको उत्तरी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि हेटौँडाको बुद्ध चोकमा पुस २० र २१ गते फोटो प्रदर्शनी गरिने भएको हो ।

एक दर्जन फोटोग्राफरले खिचेका थाहा नगरको पर्यटकीय क्षेत्र,प्राकृतिक, धार्मिक स्थल, सभ्यता, संस्कृति र जीवनशैली समेटिएका करिब ६० वटा फोटोको प्रदर्शनी गरिने फरक सोचका संयोजक यादवजंग रायमाझीले बताए ।

थाहा नगरपालिकाको आयोजना एवं हेटौँडा उपमहानगरपालिका, नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखा र फोटो पत्रकार सङ्घ मकवानपुरको सहयोगमा तथा फरक सोच र शिखर क्लबको व्यवस्थापनमा प्रदर्शनी हुने भएको छ ।

थाहा नगरसँगै इन्द्रसरोवर गाउँपालिका आसपासका क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकको रोजाइमा परिरहेको सन्दर्भमा आयोजना गर्न लागिएको फोटो प्रदर्शनीले यहाँको पर्यटन क्षेत्रको विकासमा थप मद्दत पुग्ने आयोजकको भनाई छ । यस अघि थाहाको पर्यटन प्रर्वद्धनको लागि काठमाण्डौँको बसन्तपुरमा प्रर्दशनी भएको थियो ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट