Techie IT
Hetauda Khabar

गृहमन्त्रीको राजीनामा माग गर्दै हेटौंडामा रास्वपाको प्रदर्शन


हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै शनिबार दिउँसो हेटौंडामा विरोध प्रदर्शन गरेको छ ।

ललितपुरको बालकुमारीमा हिजो शुक्रबार दिउँसो प्रहरीको गोली लागेर दुई युवकको मृत्यु भएको घटनाको विरोध गर्दै प्रदर्शन गरिएको रास्वापा मकवानपुरले जनाएको छ ।

रास्वपाले जिल्ला पार्टी कार्यालयबाट ब्यानरसहित विरोध र्‍याली गर्दै हेटौंडाको मुख्य बजार क्षेत्र बुद्ध चोकसम्म प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा पार्टीका नेता तथा कार्यकर्ताहरुले ‘हत्यारा सरकार जवाफ दे, गठबन्धन सरकार चाहिदैन, जनता मार्न पाइदैँन, निरकुंश गृहमन्त्री जवाफ दे,’ लगाएतका नारा लगाएका थिए ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट