Techie IT
Hetauda Khabar

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त, बागमतीमा महेन्द्रबहादुर कार्की


हेटौंडा । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम देहायका ७ जना जिल्ला न्यायाधीशलाई पुस १६ गतेदेखि लागू हुनेगरी आयोगले निर्वाचन अधिकृत पदमा नियुक्ति गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नवनियुक्त निर्वाचन अधिकृतले पुस १६ गते नै सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने जानकारी दिए।

प्रवक्ता पौडेलका अनुसार बागमतीमा मकवानपुर जिल्ला अदालतका महेन्द्रबहादुर कार्की,कोशीमा दुर्गाप्रसाद ढुङ्गेल, मधेशमा नारायणप्रसाद सुवेदी, गण्डकीमा केशवप्रसाद बाँस्तोला, लुम्बिनीमा कृपासुर कार्की, कर्णालीमा विष्णुप्रसाद अर्याल र सुदूरपश्चिममा ओमप्रसाद अर्याल निर्वाचन अधिकृत नियुक्त भएका छन् ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट