Techie IT
Hetauda Khabar

आज उधौली पर्व, किराँती समुदायले हर्षोल्लासका साथ मनाउँदै


हेटौंडा । आज किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली पर्व किराँती समुदायले हर्षोल्लासका साथ आज मनाउँदै छन् ।

हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाका दिन उधौली पर्व मनाइन्छ । उधौली पर्व मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केतका रुपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुशियालीमा पनि यो पर्व मनाउने गरिन्छ ।

किराँतहरुको चाड उधौलीमाअन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ । किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । वैशाख पूर्णिमामा उभौली पर्व मनाइन्छ भने मंसिर शुक्ल पूर्णिमामा उधौली मनाइन्छ ।

आज काठमाडौँको टुडिखेल, तेह्रथुम, पाँचथर, इलाम लगायत देशभर रहेको किराँती समुदायले भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् ।


क्याटेगोरी : मुख्य खबर

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट