Techie IT
Hetauda Khabar

मकवानपुरको बागमतीमा मोटरसाइकल दुर्घटना हुँदा पाख्रिनको मृत्यु


हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नं ८ साततलेमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय अमर पाख्रिन रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार साँझ बगरचोकबाट साततले तर्फ फर्कँदै गर्दा बागमती प्रदेश ०३००२प ३२६५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका पाख्रिनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो। उपचारका क्रममा बिहीबार राति ८ बजेर ५५ मिनेटमा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए। शव अस्पतालको शवगृहमा राखिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट