Techie IT
Hetauda Khabar

बागमती सरकारको निर्णय : मकवानपुर बहुमुखी क्याम्पसलाई सार्वजनिक विश्वविद्यालय बनाइने


हेटौंडा । बागमती प्रदेश सरकारले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय गरेको छ ।

आज(मंगलबार) बसेको मन्त्रीपरिषद् बैठकले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने विषयमा कार्यदल गठन गर्ने निर्णय गरेको श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले जानकारी दिए ।

कार्यदलमा को को रहने भनने विषयमा भने टुङ्गो नलागेको उनले बताए । त्यस्तै, मंगलबारको बैठकले प्रदेशको बहुवर्षिय आयोजना अन्तर्गत बागमती प्रदेशमा निर्माण भएका प्रहरी चौकीको २६ करोड ५५ लाख भुक्तानी स्वीकृत दिने निर्णय गरेको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालय र उद्योग वाणिज्य भूमी तथा प्रशासन मन्त्रालयको संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय भएको छ ।

प्रदेश निजामती सेवा नियमावलीको मस्यौदा परामर्शका लागि प्रदेश लोक सेवा आयोगमा पठाउने निर्णय भएको मन्त्री लम्सालले जानकारी दिए । साथै कर्मचारी पदपूर्ति, पदस्थापना तथा संसोधनका लागि लोकसेवा आयोगलाई पत्राचार गर्ने पनि निर्णय भएको छ ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट