Techie IT
Hetauda Khabar

मनहरीमा जंगली हात्तीको आतंक : रातमा २ घरमा क्षती 


हेटौंडा । मनहरी गाउँपालिका-८ सिम्पानीमा जंगली हात्तीको आक्रमणबाट एक घर पूर्णरूपमा क्षति भएको छ भने एउटा गोठ आंशिकरूपमा क्षति पुगेको छ।

शुक्रबार राति ८:३० बजे जंगली हात्ती आई टल्के चेपाङको जस्ता र ढुंगा माटोले बनेको एक तले घर पूर्णरूपमा क्षति पुर्याएको हो।

त्यस्तै, राम बहादुर तामाङको गोठ पनि आंशिकरूपमा क्षति पुगेको छ। घटनापछि प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा हात्तीलाई जंगलतर्फ लखेटिएको थियो।

मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

 

 


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट