Techie IT
Hetauda Khabar

हेटौंडामा २ दिने ‘कमाने महोत्सव’ हुँदै,स्थानीय उत्पादन र संस्कृतिको प्रवर्द्धन गरिने


हेटौंडा । हेटौँडा-८ स्थित कमानेमा आगामी पौष ६ र ७ गते २ दिने व्यापार प्रवर्द्धन एवं प्रदर्शनी कार्यक्रम ‘कमाने महोत्सव’ हुने भएको छ।

हेटौँडा उपमहानगरपालिका वडा नं. ८ को आयोजनामा हुन लागेको उक्त कार्यक्रममा स्थानीय व्यापार, उद्यम र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको वडाले जनाएको छ ।

कार्यक्रममा वडाका १९ वटै टोल विकास संस्थाका पदाधिकारी र सदस्यहरू संलग्न हुनेछन्। साथै, साना तथा मझौला उद्यमीहरूलाई आफ्नो उत्पादन प्रदर्शनीमार्फत बजारीकरण गर्ने अवसर प्रदान गरिने वडाले जनाएको छ । विभिन्न सीपमा आधारित महिला उत्पादन पनि प्रदर्शनीमा समावेश गरिने छ।

यस्तै, स्थानीय होटल तथा खाजा परिकार व्यवसायीहरूले पनि आफ्नो परिकार प्रदर्शन गर्ने अवसर पाउने वडाले जानकारी दिएको हो । करिब १० लाख बराबरको खर्च अनुमान गरिएको यस कार्यक्रमका लागि वडा कार्यालयले ३ लाख मात्रै व्यवस्था गरेकाले बाँकी रकम अन्य स्रोतबाट जुटाउने प्रयास भैरहेको जनाइएको छ।

हेटौडा कमानेको मेनरोड निम चोकदेखि सागर चोकसम्म महोत्सव हुने छ ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट